
काठमाडौं,२२ भदौ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीहरु प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका छन्।
माइतीघरमा भेला भएर प्रदर्शनकारीहरु सरकारविरुद्ध नाराबाजी गर्दै संसद् भवन गेटबाट माथि चढेर भवनभित्र प्रवेश गरेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् । उनीहरुले भवनभित्र बोतललगायत प्रहार गरिरहेका छन् ।
अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।

