


काठमाडौं,२३ भदौ ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वमिन भवन,शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।


