


काठमाडौं,२३ भदौ। देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइते मध्येका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य ७०–८० जना घाइतेहरुको उपचार भइरहेको छ। मृतक परिचय खुल्न बाँकी छ।

यस्तै प्रदर्शनको क्रममा रबरको गोली लागेर तीन जना पत्रकार घाइते भएका छन्।
नयाँ पत्रिकामा कार्यरत दिपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नेपाल प्रेसका उमेश कार्की घाइते भएका हुन्। उनीहरुको सिभिल अस्पताल उपचार भइरहेको छ ।

