
भैरहवा, २३ भदौ । रुपन्देहीमा पनि जेनजीहरुले प्रर्दनशन गर्दै तोडफोडमा उत्रिएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यू आदेश जारी गरिएको छ । जिल्लाको अवस्थालाई अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेका हुन् ।



भैरहवा क्षेत्रको पूर्वमा रोहिणी खोलासम्म, पश्चिममा बेथरी पुलसम्म, उत्तरमा बुद्धचोकसम्म, दक्षिणमा मेउडिहवासम्म, बुटवल बेलहिया सडक खण्डको दायाँबायाँ एक सय मिटरसम्म चार किल्ला तोकिएको छ ।
त्यस्तै बुटवल क्षेत्रको पूर्वमा पेट्रोलपम्प धागो कारखाना पुलसम्म, पश्चिममा बेलवास चोकसम्म, उत्तर चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म चार किल्ला तोकिएको हो ।
प्रशासनद्धारा जारी गरिएको सूचनामा भनिएको छ चार किल्लाको सो सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
