
भैरहवा, २३ भदौ । जेनजी पुस्ताको अनियन्त्रित प्रर्दशनकारीहरुले रुपन्देहीमा राजीनितिक दलका कार्यालयहरुमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले भैरहवास्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, बुटवलस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन्।यस्तै, नेपाली कांग्रेस पार्टी कार्यालयमा रहेका ४ वटा कार र दुई वटा मोटरसाइकलहरुमा पनि तोडफोड गरिएको छ।
Advertisement

Advertisement
Advertisement

पार्टी कार्यालयमा कार्यक्रम आयोजना गर्ने विषयमा छलफल गरिरहेको अवस्थामा आक्रमण भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले बताए।
दिउँसो एक्कासी आएका डेढ सय हाराहारी युवाले ढुंगा, इटा र मुढा प्रहार गरेर पार्टी कार्यालयभित्र रहेका गाडीमा क्षति पुर्याएको काँग्रेस जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्यालले बताए । ‘आक्रमणबाट पार्टी कार्यालयका झ्याल फुटेका छन् । साथै पर्खालमा रहेका बत्ति फुटेका छन्’, उनले भने, ‘नेताहरुका गाडीमा ठूलो क्षति पुगेको छ ।’
नेपाली कांग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले घटना सुनियोजित भएको र पार्टी कार्यालयलाई टार्गेट गरेर आक्रमण गरिएको जानकारी दिए ।
उनका अनुसार पार्टी कार्यालय आक्रमणपछि फर्किएका यूवाले कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मणिग्रामस्थित घरमा पनि तोडफोड गरेका छन् । घरका ४–५ वटा झ्याल फुटालेको सभापति खाँणले बताए ।

