
भैरहवा, २४ भदौ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
मंगलबार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । उक्त अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
हेर्नुहोस् पत्र:


