
भैरहवा,२३ भदौ । रुपन्देही जिल्लामा अनिश्चतकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लाको शान्ति सुरक्षा भंग हुने सक्ने परिस्थितीलाई दृष्टिगत गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी गरिएको सूचना अनुसार निषेधाज्ञा अवधिमा जिल्लाभर पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न पाईँदैन।
स्थानीय प्रशासन ऐन, २०२८ (संसोधनसहित) को दफा ६ को उपदफा घ ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवधिमा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।
आदेशको उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले जरिवाना वा कैद वा दुवै सजाए गर्ने सक्ने कानुनी व्यवस्था छ ।
जेनजीहरुले सोमबार जिल्लामा प्रदर्शन गर्दै तोडफोड गरेपछि बेलुका देखि रातिसम्म कर्फ्यु लगाइएको थियो भने मंगलबार जिल्लाको शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अनिश्चिकालीन निषेधाज्ञा आदेश जारी गरिएको हो ।
हेर्नुहोस् पत्र :


