
काठमाडौं,२५ भदौ। मुलुकमा जेनजीको प्रदर्शनसँगै कार्यालय छाडेर सम्पर्कबिहीन भएका प्रहरीहरुलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।
मंगलबार प्रदर्शनकारीहरुले विभिन्न प्रहरी कार्यालयहरुमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरु कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यालय छाडेर हिँडेकाहरुलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, ‘सम्पूर्ण प्रहरी कार्यालयहरुमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु आ–आफ्नो कार्यालयमा तुरुन्त सम्पर्कमा जानुहुन निर्देशानुसार अनुरोध गरिएको छ।’

