
काठमाडौं,२७ भदौ। नेपालको स्थानीय बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुन प्रतितोला एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा पुगेको छ ।



बिहीबार सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।
कमेन्ट गर्नुस्