
भैरहवा, २७ भदौ। रुपन्देहीमा पुनः कर्फ्यु र निषेधाज्ञा आदेश जारी गरिएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी भदौ २७ गतेदेखि अर्को आदेश नभएसम्म कफुर्य र निषेधाज्ञा आदेश जारी गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार अर्को आदेश नभएसम्म राती १० देखि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ। कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन्।
त्यस्तै अर्को आदेश नभएसम्म बिहान ६ बजेदेखि राती १० बजेसम्म निषेधाज्ञा रहनेछ। निषेधाज्ञा अवधिभर पाँचजना भन्दा बढी व्यक्ति भेला भइ अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न नपाइने र आदेशको उल्लंघन गरेको अवस्थामा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।


