
काठमाडौं,२७ भदौ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ ।
अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।
Advertisement

Advertisement
Advertisement

‘मुलुकको वर्तमान परिस्थितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीहरू) को आकस्मिक भर्चुअल बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बस्यो । बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रुपमा असहमति रहेको निर्णय गरेको छ’ माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्ति :


