
भैरहवा,२८ भदौ। रुपन्देहीमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ । शनिवार जिल्ला प्रशासन कार्यालय रुपन्दहीले एक सूचना जारी गर्दै जिल्लाभर लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाइएको जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्वय रहेको र जनजीवन सामान्यीकरण तर्फ उन्मुख भएकोले शनिवार साँझ ६ बजेबाट लागू हुने गरी कर्फ्यु र निषेधाज्ञा हटाइएको हो ।
Advertisement

Advertisement
Advertisement

प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ-‘निषेधाज्ञा र कर्फ्युको आदेश पालना गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दै पारस्परिक सद्भाव कायम गन , सार्वजनिक सेवा प्रवाह गर्न, शिक्षण संस्था संचालन गर्न, आवगमन सुचारु गर्न, पूर्ववत क्रियाकलापहरु नियमित गर्न र बजार व्यवस्थालाई चलायमान बनाउन सरोकारवाला सबै पक्षहरुसँग आवश्यक समन्वय र सहजीकरण लागि हार्दिक अनुरोध छ ।’


