


भैरहवा,२८ भदौ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ट (भीआईपी) कक्ष बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको निर्देशन तथा विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार उक्त आन्तरिक विशिष्ट कक्ष बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गरेको सूचनामा सुरक्षा तथा प्राविधिक संवेदनशिलतालाई मध्यनजर गर्दै हाललाई आन्तरिक विशिष्ट कक्ष बन्द गरिएको उल्लेख छ ।
सूचना पश्चात सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्नुपर्ने छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि बिहीवारदेखि ‘भीआईपी’ सुविधा बन्द गरेको छ।

