


काठमाडौं, २९ भदौ। दसैँका लागि सुकिला नोट साटही गर्न सुरु गरिएको छ। नेपाल राष्ट्र बैंकले दसैँका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सुरु गरेको हो ।
दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरु भैरहवा (सिद्धार्थनगर) विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ। पाँच रुपैयाँ दरको नोट भने नयाँ वितरण हुनेछ।
अघिल्लो वर्षदेखि सुकिला नोट सटही गर्न थालेको आएको राष्ट्र बैंले यसपटक पनि यसैलाई निरन्तरता दिएको छ।

