
काठमाडौं,२९ भदौ। प्रहरीले सात सय तीस राउण्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका-९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन्।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय काभ्रेले गोलीसहित उनीहरुलाई बनेपा नगरपालिका-९ बाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

