
काठमाडौं,३० भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्दोलनका क्रममा आयोगको विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरु फिर्ता गर्न आग्रह गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अख्तियारका अनुसार तोडफोड, आगजनी गरी चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी, टिभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत उपकरणहरु चोरी भएको छ ।
कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अरु स्थानको हकमा सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुमा बुझाउन नभए कारवाही हुने सूचनामा उल्लेख छ ।
चोरी र लुटपाटमा संलग्नमाथि सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने काम भइरहेको आयोगले जनाएको छ ।


