
काठमाडौं,२ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह गरेको छ।
बिहीवार रास्वपाले विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पार्टीले यस्ता कार्यमा रास्वपाको कुनै संलग्नता नरहेको र यस्ता गतिविधिमा लाग्ने जो कोही भएपनि आवश्यक छानबिन र कारवाहीका लागि अनुरोध गरेको छ।
‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरुको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

