


काठमाडौं२ असोज । जनमत पार्टीका ६ शीर्ष नेताहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएका हुन् ।
जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बमले सामूहिक राजीनामा दिएका हुन् ।

नेपालका विषम परिस्थिति र जनमानसको अपेक्षा अनुरुप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै नेताहरुले अपमान गरेको उनीहरुले आरोप लगाएका छन्।


