
नेपालगञ्ज,२ असोज । सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष शालिकराम पाठक र दीपक टमाटा रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगञ्जबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

स्थानीय प्रशासनले तोडफोड, आगजनी, लुटपाट गर्नेहरुको प्रमाण, भीडियो लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
कमेन्ट गर्नुस्

