


अछाम, २ असोज । नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँफेबगर नगरपालिका-४ जनकल्याणका ३२ वर्षीय महेश भुल रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले भुललाई पक्राउ गरेको हो।

पक्राउ परेका युवकलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

