
रौतहट,५ असोज । भारततर्फ लैजाँदै गरेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । तरकारीका साथमा गाँजा लुकाएर तस्करी भइरहेको अवस्थामा रौतहटको प्रहरी चौकी रामपुरखापको टोलीले इशनाथ नगरपालिका–८ मोतिपुर सडक खण्डबाट ३ सय ३४ किलो गाँजा बरामद गरेको हो ।
बरामद गाँजा २६ वटा पोकामा लुकाएर राखिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी राजु कार्कीका अनुसार मोतिपुरबाट जटहरा हुँदै भारततर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी लोड पिकअप गाडीका चालक भागेपछि शंका लागेर चेकजाँच गर्दा गाँजा बरामद भएको हो ।
Advertisement

Advertisement
Advertisement

फरार गाडी चालक खोजीका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

