


गोरखा, ९ असोज । प्रहरीले बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार पक्राउ परेका आरोपीको घरबाट एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद गरेको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

