


काठमाडौं,९ असोज। सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
बिहीवार कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरुको सिफारिसरमा १० निर्माण व्यवसायी कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारबाही हुने सूचनामा उल्लेख गरिएको छ।
हेर्नुहोस् सूचना:


