
मोरङ,९ असोज। प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१४ जतुवा का ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनीसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ९ सय ८५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरुले प्रयोग गरेको ३ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

