
काठमाडौं,१२ असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
Advertisement

Advertisement
Advertisement

यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ ।
आइतबार चाँदी प्रतितोला २ हजार ८१० रुपैयाँ कायम भएको छ। शुक्रबार २ हजार ७४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

