
काठमाडौं,१२ असोज। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय परिषद्का प्रमुखहरु मनोनीत गरेका छन्।
पार्टील् दिएको जानकारी अनुसार तमु राष्ट्रिय परिषद कमला कुमारी गुरुङ, नेवाः राष्ट्रिय परिषदमा सुमन सायमी, तामाङ राष्ट्रिय परिषदमा मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषद्मा रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषद्मा जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषद्मा चन्द्रप्रसाद राजवंशी, खस राष्ट्रिय परिषदमा शेरबहादुर शाह, थारु राष्ट्रिय परिषदान चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदमा अनिलकुमार सिंहलाई प्रमुख तोकिएको छ ।
Advertisement

Advertisement
Advertisement

उनीहरुलाई कार्यक्षेत्र र जिम्मेवारी समेत निर्धारण गरिएको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ। स्वशासन विधान निर्माण, सांस्कृतिक संरक्षण, संयुक्त राष्ट्र संघको मापदण्ड पालना लगायत छन् ।

