
उदयपुर,१२ असोज । प्रहरीले लागुऔषध गाँजासहित दुई जना महिलाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र ४५ वर्षीय लीलादेवी राम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङका अनुसार प्रहरी चौकी नेपालटारका टोलीले उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट १२ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ गाँजा खरिद गरेर फर्कने क्रममा पक्राउ गरिएको बताए ।
दुवै जना महिलाहरुलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

