
काठमाडौं,१९ असोज। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।
निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले नेपालमा धनजनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्।
Advertisement

Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल एक्समा भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र सरकारको साथमा रहेको उल्लेख गरेका छन्।
‘नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं। एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ’, प्रधानमन्त्री मोदीले भनेका छन्।

