


कपिलवस्तु,२२ असोज। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनीस्थित एक बालकको पोखरीमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार दिउँसोदेखि परिवारसँग सम्पर्कबिहिन रहेका शुद्धोदन गाउँपालिका–३ लवनीका ९ वर्षीय दुर्गेश कलवारको पोखरीमा शव फेला परेको हो। बालकको पोखरीमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रराम्भिक अनुसन्धानमा देखिएको छ।

नेचुरल लाइफ चिल्डेन एकेडेमीको यूकेजी कक्षामा अध्यनरत बालकको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

