
काठमाडौं,२२ असोजर। मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । साथै, ४७ जना घाइते भएका छन्।
चाउङ(यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएको पिपुल्स डिफेन्स फोर्सको स्थानीय अधिकारीलाई उद्धृत गर्दै संचारमाध्यमहरुले जनाएका छन्।
Advertisement

Advertisement
Advertisement

यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। स्थानीय संचारमाध्यमहरुका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो। उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको बीबीसीमा समाचार छ।
सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजार बढी नागरिक मारिएका छन्।

