


काठमाडौं,२३ असोज। पछिल्लो समययता नेपालको सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको छ। दिनदिनै ऐतिहासिक रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीवार प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार दुई लाख ३८ हजारमा कारोबार भएको प्रतितोला सुनको मूल्य बिहीवार दुई लाख ३९ हजार २०० कायम भएको छ।

चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक तोला चाँदी दुई हजार ९५५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी तीन हजार २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तरराष्ट्रिय बजारमा बिहीवार एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

