
काठमाडौं,२४ असोज। सन् २०२५ का लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नोबेल समितिले शान्तिको साहसीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको छ।
भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने अथक कार्य र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण तथा शान्तिपूर्ण संक्रमण प्राप्त गर्न गरेको संघर्षका लागि मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेको समितिले बताएको छ।
Advertisement

Advertisement
Advertisement

यस्तै समितिले सन् २०२५ को नोबेल शान्ति पुरस्कार “अँध्यारो बढ्दो समयमा पनि लोकतन्त्रको ज्योति जलाइरहेकी” महिलालाई प्रदान गरिएको उल्लेख गरेको छ।
माचाडो लोकतान्त्रिक शक्तिलाई एकताबद्ध पार्ने एक महत्त्वपूर्ण व्यक्तित्व भएको नोबेल पुरस्कार समितिका अध्यक्ष अध्यक्ष जोर्गेन वाट्ने फ्राइड्नेसले बताएका छन्।
उनले भने,ʻमारिया कोरिना माचाडोले करिब २० वर्षअघि स्वतन्त्र र निष्पक्ष निर्वाचनका पक्षमा उभिँदै ‘गोलाबारुद नभइ मतपत्र’ भन्ने बाटो रोजेकी थिइन्।ʼ

