
रौतहट,२७ असोज। रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका-८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

सात जना बालिकाहरु गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए। डुबेकामध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा तीन जना बालिकाको शव बरामद भएको छ।
मृतक तीनै जना बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।

