


काठमाडौं,२८असोज। नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारमा सुनका असर्फी बिक्री नगर्ने भएको छ । तर, चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपानेले तिहारमा सुनका असर्फी बिक्री नहुने र चार प्रकारका चाँदीका मेडालियन सिक्का भने बिक्री भइरहेको बताए। जसमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी र गाई मेडालियन रहेका छन ।

उनका अनुसार चाँदीका मेडालियन सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ। एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ।
सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ।

