
काठमाडौं,३० असोज। नेपालको स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेको छ । निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य बिहीवार प्रतितोला २ लाख ५० हजार ९०० पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधवार चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँमा कारोबार भएकोमा बिहीवार प्रतितोला ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

