


काठमाडौं,३१ असोज। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल स्वीजरल्याण्ड प्रस्थान गरेका छन्। अन्तर–व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागी हुन दाहाल स्वीजरल्याण्ड प्रस्थान गरेका हुन्।
टोलीमा राष्ट्रियसभाका सदस्यहरु गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन्। कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरु सहभागी हुनेछन्। उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

