
काठमाडौं,३१ असोज। नेपालको बजारमा सुनको मूल्य शुक्रवार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।
Advertisement

Advertisement
Advertisement

बिहीबार सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

