


काठमाडौं,३१ असोज। नेपाल प्रहरीमा सर्बोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई प्रदान गरिएको छ
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन्। भण्डारी ठूला घटनाको अनुसन्धानमा संलग्न रहँदै आएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत डीएसपी भोला भट्टलाई पूर्ण शान्ति पुरस्कार दिइएको छ।
त्यस्तै, जेनजी आन्दोलनमा कारागारबाट कैदी भाग्न नदिई साहसिक कार्य गरेकोले डिल्लीबजार कारागारमा कार्यरत इन्सपेक्टर दुर्गा राईलाई योगेन्द्र स्मृती साहसीक पुरस्कार प्रदान गरिएको छ।
यस्तै अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।

