


काठमाडौं,२ कार्तिक । काठमाडौं,२ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा ५ सय र हजारका नोट प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कालोधन लुकाइएको चर्चा भएकाले नोटबन्दी गर्नुपर्ने माग गरे ।
उनले भने, ‘विदेशी बैंक वा स्वदेशी बैंकमा लुकाइएको छ भने पनि छानबिन गर्नुपर्छ। पैसा जनतासँग छैन। कालोधन थुपारेको हल्ला छ। पैसा निष्क्रिय भएर बसेको छ। कानुन हक बाहेकको पूजीको छानबिन गर्नुपर्छ। राख्नेबाहेकको रकम जफत गर्नुपर्छ। अब ५ सय र हजारका नोट प्रतिबन्ध लगाउनुपर्छ। खारेज गर्नुपर्छ र नयाँ नोट निकाल्नुपर्छ।’

नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ। विप्लवले विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो उत्पादन भएको बताए।
मुलुकमा एउटै कम्युनिष्ट पार्टी गठन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

