
काठमाडौं।२ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम सिफारिस नगरेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित सम्पादकहरुसँग साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि आफूले राष्ट्रपतिसमक्ष सिफारिस गरेको तर त्यसमा सुशीला कार्कीको नाम कतै नभएको बताए ।
Advertisement

Advertisement
Advertisement

उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै कहीँकतै सुशीला कार्कीको नाम नभएको जिकिर गरे ।
‘यसमा सुशीला कार्की सुन्नुभयो ? मैले लेखेको यत्ति हो । यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने केही छैन,’ व्यहोरा सुनाइसकेपछि उनले भने।
संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई प्रष्ट भनेको पनि दाबी गरेका छन् ।
‘संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, कामचलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो । उहाँहरु दुवैले त्यो स्वीकार्नुभएको थियो,’ उनले भनेका छन् ।

