
बुटवल, १२ कार्तिक । रुपन्देहीमा ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । साथै, चार जना गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गएराति रुद्रपुरतर्फ जाँदै बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको यात्रुवाहक ईभी गाडी अनियन्त्रित भई रुखमा ठोक्किएर सडकदेखि तल झरेको थियो।
Advertisement

Advertisement
Advertisement

दुर्घटनामा रुपन्देहीको कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा, ४२ वर्षीय खेम बिक र सैनामैना नगरपालिका-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनीहरुको कपिलवस्तुको पिपरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भिर घाइते भएका छन् । उनीहरुलाई रातिनै उपचारका लागि बुटवल ल्याइएको थियो । गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको

