
पाँचथर,१७ कार्तिक । प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापका ३१ वर्षीय सन्देश राई रहेको प्रहरीले जनाएको छ । मृतक र आरोपी नातामा बुवा-छोरा हुन् ।
अंश माग्दा नदिएपछि दाउरा प्रहार गरी ६९ वर्षीय वुवा युवराज राईको हत्या गरेको पक्राउ परेका राईले प्रराम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार घर नजिकैको करेसाबारीमा युवराज मृत अवस्थामा फेला परेपछि अनुसन्धानका लागि प्रहरीले कान्छा छोरा राईलाई नियन्त्रणमा लिएको थियो । जसपश्चात अनुसन्धानको क्रममा राईले बुवाको हत्या गरेको स्विकार गरेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

