


काठमाठडौं,१८ कार्तिक। जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जनाले ‘सरेन्डर’ गरेका छन् ।
आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यसैक्रममा प्रहरीले प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरुको पहिचान गरी संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन भनेको थियो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीका अनुसार प्रहरीको सूचनापश्चात ८ जना प्रहरीमा कार्यालयमा उपस्थित भएका छन्।
उनका अनुसार प्रहरी कार्यालय तोडफोडमा संग्लनहरुमा काभ्रेको भुम्लु गाउँपालिका–३ का ३४ वर्षीय रामशरण परियार, काभ्रेको बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, सर्लाहीको लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री, काभ्रेको नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार छन्।
त्यस्तै महोत्तरीको सोनाम गाउँपालिका–८ का १८ वर्षीय प्रह्लादकुमार ठाकुर, भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक, सर्लाहीका १६ वर्षीय सरोज बम्जन र काभ्रेको नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय विकाश तामाङ रहेका छन्।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

