
पोखरा,१९ कार्तिक। सहकारी संस्थाको बचत हिनामिनाको आरोपमा प्रहरीले बुधबार ७ जनालाई पक्राउ गरेको छ।
सहकारी रजिष्टारको कार्यालयले तयार पारेको वित्तीय विश्लेषण प्रतिवेदनका आधारमा कास्की प्रहरीले सहकारीका सञ्चालकहरु सहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
Advertisement

Advertisement
Advertisement

पक्राउ पर्नेमा पोखरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव इन्द्रप्रसाद रहेका छन्।
सहकारी रजिष्टारको कार्यालयले मंगलबार पेश गरेको प्रतिवेदनमा सर्वसाधारणको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिनाको विवरण समावेश गरिएको थियो। उक्त आधारमा प्रहरीले कारबाही अघि बढाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।
उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप प्रक्रिया अघि बढाइएको छ भने हिनामिनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

