
भैरहवा, १९ कार्तिक । सशस्त्र प्रहरीले बिलबिजक नभएको अवस्थामा कपडासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीका मर्चवारी गाउँपालिका–४ का २१ वर्षीय अनिल यादव रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित चेकजाँच गर्ने क्रममा लु ४७ प ७०६५ नम्बर मोटरसाइकलमा बिलबिजक विना कपडा ल्याउँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (डण्डा) रुपन्देहीका डीएसपी मनोज गुरुङले जानकारी दिए । उनका अनुसार बरामद सामग्री १ लाख ७६ हजार मूल्य बराबरको रहेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेका यादवसहित बरामद कपडा र मोटरसाइकल आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद कपडा केही हप्ता अघि कोटहीमाई गाउँपालिका–२ पकडीस्थित सशस्त्र प्रहरी विनोद यादवलाई आक्रमण गरी घाइते बनाएको तस्करको समूहको रहेको चर्चा छ । तस्करी नियन्त्रणको क्रममा १४/१५ जनाको तस्करको समूहले यादवलाई कुटपिट गरी घाइते बनाएका थिए ।
जसपश्चात घटनामा संग्लन आरोपमा प्रहरीले राष्ट्रसेवकलाई काममा बाधा पुराएको मुद्दामा सियारी गाउँपालिका–४ पवन कुमार कलवारलाई गत असोज २७ गते पक्राउ गरेको थियो । उक्त समूहका अन्य व्यक्तिहरु फरार रहेका छन् । जसको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए ।
यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका–४ का सुभाष नेपालीले पनि राष्ट्रसेवक (सशस्त्र प्रहरी) लाई काममा बाधा पुराएको आरोपमा प्रहरीले असोज ११ गते पक्राउ गरी मुद्दा चलाएको छ ।
सीमा सुरक्षाको जिम्मेवारी पाएर सीमामा खटिएको सशस्त्र प्रहरीउपर आक्रमण गर्दै पछिल्लो समय तस्करी थालिएको देखिएको छ । जेनजी आन्दोलनपछि खस्किएको मनबोलसहित फिल्डमा तैनाथ भएका प्रहरीहरुको मनोबल बढाउन घटनापश्चात पनि फरार पक्राउ नहुँदा सुरक्षा चुनौती थपिएको सरोकारावालाहरु बताउँछन् ।

