


काठमाडौं,२० कार्तिक। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध साइबर ब्यूरोमा जाहेरी दिएको छ।
साइबर ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार साहविरुद्ध प्राप्त जाहेरी अध्ययनका क्रममा रहेको छ ।

सामाजिक सञ्जालबाट एमाले, कांग्रेसलगायतका दलका साथै विदेशी मुलुकहरुलाई गाली गरेको कसुरमा युवा संघले बालेनविरुद्ध जाहेरी दिएको हो।
जाहेरीपत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरी सार्वजनिक शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ ।
जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले बताए ।
बालेनले केहिदिनअघि अश्लील शब्द प्रयोग गरी फेसबुक स्टाटस पोष्ट् गरेका थिए। चर्को आलोचना भएपछि बालेनले फेसबुकबाट उक्त पोष्ट्को हटाएका थिए।

