
काठमाडौं,२० कार्तिक । अनलाइनमा सस्तो मूल्यका सामग्रीहरु देखाएर ठगी अपराध बढिरहेकोले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गर्दै सस्तो सामग्रीको अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिएर बैंक खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको हो ।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ।
कमेन्ट गर्नुस्

