
काठमाडौं, २३ कार्तिक। प्रहरी कार्यालयबाट लुटिएको सामग्रीसहित जेनजी उमेर समूहका एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको ट्र्याक सुट लगाएर हिँड्ने क्रममा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत बौद्धका अनुसार पक्राउ परेका साउद बस्ने कपन जोरधारास्थित कोठा खानतलासी गर्दा जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएको सामग्री बरामद भएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीले कार्यालयबाट लुटिएको कम्प्यूटर, सीपीयू, प्रिन्टर, बर्सादी, बुट सामग्री र एक थान तरबार समेत बरामद भएको जनाएको छ ।

