
काठमाडौं,२६ कार्तिक। भारतको बलिउड अभिनेता धर्मेन्द्र (धरम सिंह देवल) उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भन् अभिनेता गोविन्दा गोविन्द अरुन अहुजाको स्वास्थ्य अचानक बिग्रिएपछि मुम्बइस्थित क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ।
धर्मेन्द्रलाई श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि घर फर्किएका छन्।

यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको मृत्युुको बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए।
धर्मेन्द्रकी श्रीमती, अभिनेत्री तथा सांसद हेमा मालिनीले इन्स्टाग्राममा लेखेकी थिइन् , ‘जे भइरहेको छ त्यो अक्षम्य छ जिम्मेवार च्यानलहरुले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहेको व्यक्तिको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन् ?’
उनले अगाडि लेखेकी थिइन,‘यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरुको गोपनीयताको सम्मान गर्नुहोस्।’
यता मंगलबार साँझ करिब ८:३० बजेतिर गोविन्दा आफ्नो घरमा अचानक बेहोस भएका थिए। सुरुमा उनलाई डाक्टरको सल्लाह अनुसार औषधि दिइएको थियो। तर पछि उनको अवस्था बिग्रिदै गएपछि अस्पतालमा भर्ना गरिएको हो।
चिकित्सकहरुले गोविन्दको अवस्था हाल स्थिर रहेको बताएका छन्। स्वास्थ्य परीक्षणको नतिजाको आधारमा उनको उपचार भइरहेको छ।

