
पोखरा, २६ कार्तिक। जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनीमा संलग्न थप ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न सरकारी कार्यालय तथा व्यक्तिगत घरमा आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप ५ जनालाई पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा-१० बुद्धचोकका ५० वर्षीय चन्द्रबहादुर थापा, ४८ वर्षीय हरि बहादुर थापा, माछापुच्छ्रे-७ का २६ वर्षीय सन्तोष परियार, पोखरा-२६ बुढीबजारका ४० वर्षीय रमेश थापा र पोखरा-९ का ३५ वर्षीय अभिमन्यु विक्रम पाण्डे रहेका छन्।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत कास्कीबाट आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

